क्यान्सर कोषलाई फैलिन नदिने प्रोटिन पत्ता लाग्यो

0

शरीरमा विशेष अंग कलेजोमा अनियन्त्रित क्यान्सरजन्य कोष फैलिनबाट रोक्न वैज्ञानिकहरुले एक विशेष प्रकारको प्रोटिन पत्ता लगाएका छन् ।
क्यान्सर निरोध उक्त प्रोटिनलाई एलएचपीपी नाम दिइएको छ । नेचर नामक जर्नलमा प्रकाशित उक्त शोधमा एलएचपीपी लिभरको क्यान्सर पहिचान तथा निदानमा बायोमार्कर अर्थात जैविक स्थितिको परिचायक हुन सक्ने बताइएको छ ।
सामान्यतया कलेजोको क्यान्सरको पहिचान ढिला गरि हुने गरिएको छ । त्यतिबेलासम्म क्यान्सर रोग जटिल स्थितिमा पुगिसकेको हुन्छ । कलेजो गम्भिर रुपमा क्षतिग्रष्त भइसकेको हुन्छ । यस्तोमा रोगको निदान कठिन हुने गर्छ ।
वैज्ञानिकहरुले क्यान्सर रोकथाम गर्ने यस प्रोटिनबाट चिकित्सकहरुले राम्रो उपचारको विकल्प पाउन सक्छ । शोधका लेखक स्विजरल्यानड स्थित बासेल विश्व विद्यालयका अनुसन्धानकर्ता स्रावन्त हिन्दुपुरले भने– यो रोचक कुरा हो, एलएचपीपी स्वस्थ तन्तुमा हुने गर्छ तर ट्युमर भएको तन्तुमा पटक्कै हुँदैन । (एजेन्सी)