कोकाकोला नेपालले कोक खाम्् रसिया जाम्् अभियान अन्तर्गत १७ जना विजेताको नाम घोषणा गरिसकेको छ ।
अझै २३ जना विजेताको नाम घोषणा गर्न बा“की छ । चौथोे हप्ताका चार भाग्यशाली रसियामा हुने विश्वकप हेर्न जाने विजेताहरुमा बौद्धका फुर्ब शेर्पा, चापागाउ“का सानुबाबु कपिल, ठमेलका प्रचण्डमान बानिया र स्याङ््जाका आकाश उपाध्याय रहेका छन्् ।
त्यस्तै यो हप्ता २४ इन्चको टेलिभिजन जित्ने विजेतामा तिलगंगाका प्रेम चौधरी रहेको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत ४० जना उपभोक्ताले रसिया पुगेर सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन्् । त्यसको लागि हरेक हप्ता ४ जना भाग्यमानी विजेताको नाम लक्की ड्र मार्फत छनोट हु“दै आइरहेको छ भने २ जना ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नेछन्् । हरेक दिन २० सय जनाले फिफा र कोकको लोगो अंकित बिशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जित्न सक्ने छन्् ।