कोका–कोला मोःमोत्सव एउटा वार्षिक अभियान हो । जसमा उपभोक्ताले चिसो कोका–कोलास“ग स्वादिलो मःमको मज्जा लिन सक्छन् । यो कोका–कोला मोःमोत्सवको तेस्रो वर्र्ष हो । जुन उपत्यका लगायत नेपालभर रहेका मुख्य–मुख्य शहरका विभिन्न होटल तथा रेष्टुरेन्टमा सञ्चालन भइरहेको छ । नायिका प्रियंका कार्कीले काठमाडौंभित्रका विभिन्न आउटलेटहरुमा भ्र्रमण गरेर यो उत्सवमा नया“ तरङ पैदा गर्दै आएकी छिन् । प्रियंका गत तीन वर्षदेखि यो उत्सवमा संलग्न छिन् ।
गत वर्षजस्तै यस वर्ष पनि प्रियंकाले उपत्यकामा रहेका विभिन्न आउटलेटमा गएर आफ्ना फ्यान र आउटलेट सञ्चालकस“ग बसेर रमाइलो गरिरहेकी छिन् । प्रियंकालाई देखेर आउटलेट सञ्चालक तथा उनका फ्यानहरु निकै हर्षित देखिएका छन् । यो उत्सवलाई अझैं रमाईलो बनाउन प्रियंकाले आफना परिवार र साथीलाई पनि विभिन्न आउटलेटमा लगिन् । प्रियंका कार्कीले भनिन्– ‘कोका–कोला मोःमोत्सव निकै ठ्ूलो उत्सव भइसकेको छ । जसले मःम र कोका–कोलाको एकसाथ मज्जा लिने अवसर जुराई दिएको छ । यस वर्ष मःमको निकै धेरै परिकारहरु आएका रहेछन् । छोइला मःम, तन्दुरी मःम जस्ता परिकार बनेका रहेछन् । यसअघि मैले कहिल्यै नखाएको पोट्याटो मःम र चिज मःम जस्ता मःमको परिकार चाख्ने मौका यो मोःमोत्सवले जुराएको छ । काठमाडौंको चिसोमा तातो स्टीम मःम खानुको मज्जा बेग्लै छ ।’
मोःमत्सव काठमाडौं उपत्यका विभिन्न रेष्टुरेन्टलगायत पोखरा, चितवन, धरान, इटहरी र विराटनगरलगायत शहरका विभिन्न होटल तथा रेष्टुरेन्टमा सञ्चालन भइरहेको छ ।