कोकाकोला नेपालले मेगा कलेजमा एमबीएम प्रथम वर्षमा अध्यनरत विद्यार्थीस“ग अन्तत्र्रिmया गरेको छ । उक्त कार्यक्रममा बोटर्लस नेपालका कन्ट्री कर्मसियल मेनेजर रजनिस शर्माले विश्वमा कोकाकोला कम्पनी र त्यसको अवस्थाको विषयमा सहभागिहरुलाई जानकारी दिनु भएको थियो ।
शर्माले भन्नुभयो–‘तपाईंहरू जस्तो युवास“ग जोडिन पाउँदा हर्षित भएको छु । युवा देशका उज्वल भविष्य हुन् । तपाईंहरुको आकांक्षा र विचारधारा बुझ्न पाउ“दा मलाई निकै खुशी लागेको छ । कोकाकोला अहिले १३२औं वर्षमा प्रवेश गर्दै छ ।
हामी यति लामो अवधिसम्म आई पुग्नुको कारण भनेको द्रूतगतिमा परिवर्तन भईरहेको विश्वलाई र यहा“का युवालाई बुझेर त्यस अनुसार आफैंलाई परिर्वतन गरेर हो । हाम्रा उपभोक्तालाई लागि आनन्दको क्षण सिर्जना गर्ने हाम्रो निरन्तर प्रयास भइरहेको हुन्छ । हामीले उपभोक्तालाई ध्यानमा राखेर कोक खाम्, रसिया जाम्, कोकाकोला मोःमोत्सव र स्प्राइट क्लियर बोल जस्ता क्याम्पेन सञ्चालन गर्दै आइरहेको छौं ।
साथै हामीले खेलकुदको दिगो विकासका लागि विद्यालयस्तरीय ूकोका कोला कप फुटबल प्रतियोगिता सञ्चालन गरेर होस् वा बृहत्तर सामाजिक मनोबल बडाउन फेरि उठ्नेछ नेपाल जस्ता अभियान गरेर होस् सधै सामाजिक उत्तरदायित्व बहन गरेका छौं ।’
