कोकाकोला कम्पनीले फिफा विश्वकपको ग्लोवल टीभीसी सार्वजनिक गरेको छ । जसमा नेपालका केही लोकप्रिय स्थानका दृश्य समावेश गरिएको छ ।
यस टीभीसीमा सबै मानिस खेल हेर्नलाई उत्सुक भएको देखिन्छ । उक्त टीभीसीको साउन्ड ट्राक (आरयु रेडी) विश्वकै चर्चित ब्यान्ड एसी डिसिको सन् १९९० को निकै चर्चित एल्बम ‘दी रोर्जस एज’ बाट लिइएको हो ।
यस टीभीसीको शुरुवातमा एउटा टेलिभिजन देखाइएको छ जसमा विश्वकप फुटवलको खेल शुरुआत क्षण देख्न सकिन्छ । टीभीसीमा युवाहरु खेल हेर्न निकै कहुतल भएको देख्न सकिन्छ ।
उक्त टीभीसीमा विश्वका धेरै मुलुकका युवा कोकाकोला लिनका लागि दौडिरहेका छन् । जसमा दुई नेपालीलाई पनि देख्न सकिन्छ । टीभीसीमा विश्वका विभिन्न लोकप्रिय स्थानहरु देखाइएको छ, जसमा नेपालको स्वम्भुनाथ स्तुपा, काठमाडौको एक डिपार्टमेन्ट स्टोर, सीतापाइला नजिकको स्थान र एक हाउजिङ कम्प्लेक्स नजिकैको झुलुङ्गे पुलसमेत देख्न सकिन्छ । कोकाकोलाको विश्वव्यापी टीभीसीमा नेपाल एक अभिन्न अंगको रुपमा रहेको छ ।