कैलाश विकास बैंकको हेटौंडामा शाखा

0

कैलाश विकास बैंकले मकवानपुर जिल्लाको हेटौंडामा शाखा स्थापना गरी सोमबारदेखि कारोबार शुरू गरेको छ ।

उक्त शाखा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले गर्नुभएको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताउनुभयो ।

यस नयाँ शाखासहित बैंकको शाखा संख्या ५२ पुगेका छन् भने एटीएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा धनुषा जिल्लाको जनकपुर नवलपरासी जिल्लाको कावासोती र वर्दघाट तथा अन्य विभिन्न ठाउ“मा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रियस्तरको यस विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड रहेको छ । यस संस्थाले हालसम्म २० अर्ब ७२ करोड निक्षेप संकलन गरी १९ अर्ब १५ करोड रुपियाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ इन्टरनेट बैंकिङ सेवा, शेयर लगानीकर्ताको लागि सी–आस्बा सेवा, सुविधा भुक्तानी, रेमिट्यान्स सेवालगायतका सेवा प्रदान गर्दै आएको छ ।