कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचत चौधरीलाई पक्राउ गर्न निर्देशन

0

कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराएर विजयी भएका टीकापुर काण्डका दोषी रेशमलाल चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको छ ।
फरार रहेका चौधरी जितसँगै जनतामाझ आउन सक्ने भन्दै कैलालीका विभिन्न ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मनोज न्यौपानेले कानुनका नजरमा चौधरी दोषी रहेकाले पक्राउ गरिने प्रतिक्रिया दिएका छन् ।