किमसँगको वार्ता निर्धारित मितिमै नहुन सक्छः ट्रम्प

0

अमेरिका र उत्तर कोरियाबीच तय भएको शिखर बैठकबारे अन्योलता देखापरिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारित मितिमा वार्ता हुनेमा शंका व्यक्त गरेका छन् ।

यी दुईबीच आउँदो जून १२ तारिखमा वार्ताको मिति तोकिएको थियो । अप्रिलमा किम र मूनबीच भएको भेटघाट पछि उक्त बैठक हुने भनिएको थियो ।

उक्त शिखरवार्ता आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति मून जे–इन ह्वाइट हाउसमा छन् । उनको स्वागतको क्रममा ट्रम्पले सो कुरा बताएका हुन् ।

ट्रम्पले उत्तर कोरियाले निश्चित शर्तहरु पूरा नगरे वार्ता पर सर्ने संवाददाताहरुलाई जानकारी दिएका छन् । बीबीसी