काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा दोश्रो काष्ठमण्डप कप अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । मण्डिखाटारस्थित आयोजकको मैदानमा भएको प्रतियोगिताको पहिलो दिन लिग चरणका खेल सम्पन्न भए ।
समूह ‘ए’ बाट साविक उप विजेता काठमाडौं जेभियर र न्यु जेनिथ तथा समूह ‘बी’ बाट काठमाडौं भ्याली र टीआईए क्रमशः विजेता र उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘सी’ बाट इन्साइट भिजन विजेता र हिमालयन बोर्डिङ स्कुल उपविजेताका हैसियतले क्वाटरफाइनलमा पुगे । त्यस्तै समूह ‘डि’ बाट क्वाटरफाइनल पुगेका लोयल्टी एकेडेमी विजेता र प्रिमियर इन्टरनेसनल स्कुल उपविजेता बने ।
प्रतियोगितामा १४ छात्र टोलीको सहभागिता रहेको छ । दोश्रो दिन बिहीबार क्वाटरफाइनल र सेमिफाइनल चरणका खेल हुनेछन् । फाइनल शुक्रबार हुनेछ ।