भारत प्रशासित काश्मिरको दक्षिणी भागमा आइतबार भएका तीन वटा मुठभेडमा अहिलेसम्म ११ कट््टरपन्थीको मृत्यु भएको बताइएको छ ।
जम्मु काश्मिर प्रहरीको डीजीपी एएपी बैद्यले पत्रकारसँगको कुराकानीमा मुठभेडमा अहिलेसम्म ११ कट््टरपन्थी मारिएको जानकारी दिएको हो । अन्य मारिनेमा सुरक्षाबलका ३ जवान र २ सर्वसाधारण परेको पनि उनले बताए ।
शनिबार राती सेनालाई श्रीनगरबाट ५० किलोमिटरको दुरीमा पर्ने सोपियां जिलाको द्रागडा गाउँमा केहि कट््टरपन्थी लुकेर बसेको जानकारी प्राप्त भएको बताए ।
द्रावडा गाउँमा दुबै तर्फबाट भएको भिषण गोलाबारीमा ७ कट््टरपन्थीको मृत्यु भएको हो । त्यसैगरी अनन्तनाग जिल्लाको एक गाउँ दायलगाममा भएको अर्को कारवाहीमा एक कट््टरपन्थी मारिएको र त्यहाँ अर्को एक जनाले आत्मसमर्पण गरेको उनले जानकारी दिए ।
डीजीपी बैद्यले एक ट््िवटमा अनन्तनागमा भएको कारवाहीमा एक कट््टरपन्थीलाई जीवित पक्राउ गरिएको उल्लेख गरेको छ । त्यसैगरी सोपियां जिलाको कचडोरा गाउमा केहि सर्वसाधारण फसेकाले उनीहरुलाई निकाल्ने प्रयास जारी रहेको उनले जानकारी दिए ।
स्याउका बगैँचाका लागि प्रख्यात दक्षिण काश्मिर उक्त राज्यकै सबैभन्दा सुन्दर ठाउँ मानिन्छ । तर लामो समयदेखि उक्त क्षेत्र मुठभेडका कारण अत्यन्त असुरक्षित ठानिएको छ ।
सन्् २०१७ मा काश्मिरमा भएको मुठभेडहरुमा २ सय कट््टरपन्थीको मत्यु भएको बताइएको छ । त्यसमा अबु दुजाना, बसिर लश्किर र ललहारी जस्ता कट््टरपन्थी कमान्डर परेका थिए ।
दक्षिण काश्मिरमा भारतिय सुरक्षाकर्मीबाट लगातार कारवाही हुने गरेपछि स्थानिय स्तरमा कट््टरपन्थी हरु प्रति सहानुभुति देखिने गरेको पाइन्छ । सोपियाँमा आइतबार भएको कारवाहीका क्रममा ठुलो संख्यामा सर्वसाधारणले त्यसको विरोधमा प्रदर्शन गरेका छन्् । सेनाले भिडलाई भगाउन सुरुमा अश्रु ग्यास र प्यालेट गनको प्रयोग गरेको र पछि गोली प्रहार गर्दा ६ जना घाइते भएको बताइएकोछ ।
दक्षिण काश्मिरमा सेनाको उक्त कारवाहीपछि काश्मिर युनिभर्सिटीले अप्रिल २ मा हुने आफ््ना सबै परीक्षा स्थगित गरेको छ ।