संचिता लुइँटेल अभिनित चलचित्र ‘गुनगुन’को पोस्टर सार्वजनिक

0

चलचित्र ‘गुनगुन’को पोस्टर सार्वजनिक गरिएको छ ।

कार्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेका चलचित्र ‘गुनगुन’को पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा मुख्य पत्रहरुलाई समेटिएको छ ।

चलचित्रमा प्रेमसँगै सामाजिक कथालाई पनि समेटिएको छ भने संचिता लुइँटेल रविन्द्र प्रताप सेन, देशभक्त खनाल, अनु भण्डारी, सुवास मेचे, बाल्दिप राई, नविन श्रेष्ठ, गणेश जिसी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, विपिन प्रसाईंको अभिनय रहेको छ ।

निर्देशक पुकार भट्टराई स्वयम् अभिनय रहेको गुनगुनमा हिमाल केसीको व्दव्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको चलचित्रमा प्रार्थना फिल्मस्को ब्यानरमा तयार गरिएको छ ।