वीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ ।
आइतबार बसबाट खसेर नमोबुद्ध नगरपालिका १ की फुलमाया तामाङको मृत्यु भएपछि उनका आफन्त र स्थानीयले मंगलबार विहानदेखि सडक अवरुद्ध पारेपछि प्रहरीले बल प्रयोग गरेर सडक सुचारु गर्न खोज्दा झडप भएको हो ।
प्रहरीले आन्दोनमा उत्रिएका स्थानीयलाई हटाएर सडक खुलाउन ६ सेल अश्रुग्यास पनि प्रहार गरेको छ ।
आइतबार बा ३ ख ५९५५ नम्बरको बसबाट खसेर तामाङको मृत्यु भएको थियो ।