केटीएमले नेपालमा पहिलो अरेन्ज स्टन्ट प्रतिस्पर्धा ‘रोरिङ गेयर्स’ आयोजना हुने भएको छ ।
शनिबार सातदोबाटो स्वीमिङ कम्प्लेक्समा आयोजना हुने यस कार्यक्रममा भाग लिन विश्व विख्यात स्टन्ट राइडर रोक बगारोज्् स्लोभेनीयाबाट नेपालमा आएका छन्् ।
सो समारोह १२ बजे शुरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीहरु केटीएम मोटरसाईकल चालक अथवा केटीएम शोरुमबाट टेष्ट ड्राइभ गरेका हुनेछन्् । केटीएम अस्ट्रेलियामा उत्पादन भएको स्पोर्टस बाइक ब्राण्ड हो । जसलाई नेपालमा हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले बिक्री वितरण गरिरहेको छ ।
स्टन्टप्रति उत्सुकता हुनेहरुको लागि रोरिङ गेयर्स एक अवसर हो । विगतका वर्षहरुमा नेपालमा ‘स्टन्ट राइडिङ’ र ‘स्टन्ट कल्चर’ले लोकप्रियता पाउ“दै गएको छ ।