प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम आइरकेको बेला काठमाडौंको क्षेत्र नं. ८ मा प्रतिनिधिसभामा नेकपा (एमाले) का युवा नेता जीवनराम श्रेष्ठले नेपाली कांग्रेसका युवा नेता नविनराज जोशीले बनाइरहेको पकड तोडिएको छ ।
यस्तै काठमाडौं क्षेत्र नंं. ८ मा प्रदेशसभा (क) मा नेकपा एमालेका जुझारु युवा नेता राजेश शाक्यले नेपाली कांग्रेसकी नेतृ राज्यलक्ष्मी श्रेष्ठलाई पराजित गराएका छन् भने क्षेत्र नं. ८ मा नै प्रदेशसभा (ख) मा नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी विजयी भएकी छन् ।