ओस्कार अवार्ड विजेता एवम् हलिउड अभिनेता मोर्गन फ्रिम्यान नेपाल आएका छन् ।
फ्रिम्यान ‘द स्टोरी अफ गड’ नामक टेलिभिजन शुङ्खलाको छायांकनका लागि उनी नेपाल आएका हुन् । उनी युनिभर्सिटी अफ नर्थ टेक्ससले ट्वीटरमार्फत नेपाल आएको जानकारी दिएको हो ।
८१ वर्षीय फ्रिम्यानले ‘गोइङ इन स्टाइल’, ‘स्ट्रीट स्मार्ट’, ‘ग्लोरी’, ‘द रिडम्पशन’, ‘ब्रुस अलमाइटी’लगायतका चर्चित चलचित्रमा अभिनय गरिसकेका छन् ।
अभिनेता फ्रिम्यानले छायांकन गर्ने टेलिभिजन शुङ्खला नेशनल जोग्राफी च्यानलमार्फत प्रशारण गरिने छ ।