आइतबार सुनको मूल्य तोलामा १ सय रुपैंयाले घटेको छ ।तोलामा १ सय रुपैंयाले घटेर सुनको मूल्य आज तोलामा ५७ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन प्रतितोला ५७ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ । त्यस्तै चाँदी तोलामा १० रुपैंयाले घटेर प्रतितोला ७४० रुपैंयामा कारोबार भईरहेको छ ।