ओपोको एसियाली बजारमा १५ प्रतिशत बजार हिस्सा

0

ओपोले एसियाली बजारमा १५ प्रतिशत बजार हिस्सा ओगट््दै शीर्ष स्थान हात पार्न सफल भएको कम्पनीको दाबी छ ।
ओपोलाई पछ््याउ“दै १३ प्रतिशत बजार हिस्सासहित भिभो दोस्रो स्थानमा रहेको छ भने १२ प्रतिशत बजार हिस्सासहित सियाओमी र सामसुङ तेस्रो स्थानमा रहेका छन्् ।
त्यसै गरी ११ प्रतिशत बजार हिस्सासहित हुआवे भने चौथौ स्थानमा रहेको छ । प्राविधिक मार्केट रिचर्स फर्म काउन्टरपोइन्टले आफ््नो नया“ प्रतिवेदनमा उल्लेख गरेको कम्पनीले जनाएको छ ।
‘एसिया हाम्रो लागि एक प्रमुख बजारका रुपमा रह“दै आएको छ । हामीले उपभोक्ताको माग तथा आवश्यकताको आफ््ना उत्पादनका माध्यमबाट सम्बोधन गर्न सफल भएको हाम्रो विश्वास छ ।’
एक विज्ञप्ति जारी गर्दै ओपोले जानकारी दिएको छ, ‘ढुवानीका आधारमा उत्कृष्ट ३ ब्रान्डभित्र पर्न सफल हुनु हाम्रा लागि वास्तवमै गौरवको विषय हो । समयसापेक्ष रुपमा उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै बहुउपयोगी उत्पादन उपलब्ध गराउ“दै लैजानु हाम्रो प्रमुख प्राथमिकता हुनेछ ।’
उच्च गुणस्तरीय उत्पादनका साथै उपभोक्ताका मागलाई विशेष प्राथमिकताको विषयका रुपमा सम्बोधन गर्नु ओपोको सफलताको प्रमुख कारक हो । उपभोक्तालाई अझ सुदृढ तथा विशेष अनुभव प्रदान गर्ने सोचका साथ ओपोले एसियाका अधिकांश भागमा आफ््नो बिक्री तथा सेवा केन्द्रको सञ्जाल व्यापक रुपमा विस्तार गरिरहेको छ ।