ओपोको एफ सेभेन नेपाली बजारमा

0

ओपोले नेपालमा एफ सेभेन सार्वजनिक गरेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) सहितको नया“ सेल्फी एक्स्पर्टले स्मार्टफोन प्रविधिलाई नया“ उचाई प्रदान गर्ने कम्पनीको दाबी छ । सेल्फी फोटोग्राफीका लागि एफ सेभेनले परिस्कृत एआई प्रविधिलगायत एआईमा आधारित अन्य वैकल्पिक फिचर्सको उपयोग गर्छ । सुपर फुल स्क्रिन र परिस्कृत मल्टी टास्किङ सफ्टवेयरसहितको एफ सेभेनले प्रयोगकर्तालाई उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्छ ।

ओपो एफ सभेन ६४ जीबी, ४ जीबी ¥यामका साथमा नेपाली बजारमा सार्वजनिक गरिएको हो । अप्रिल २५ देखि सार्वजनिक गरिएका मोबाइल नेपालभर सोलार रेड, मुनलाइट सिल्भर र डायमन्ड ब्ल्याक गरी तीन रङका विकल्पसहित उपलब्ध हुन कम्पनीले जनाएके छ । ओपोले चा“डै नेपाली बजारमा एफ सेभेन १ सय २८ जीबी, ६ जीबी ¥यामसहित सोलार रेड र डायमण्ड ब्ल्याक रङमा उपलब्ध गराउने भएको छ ।
ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले ‘नया“ उत्पादन ओपो एफ सेभेनले पनि हाम्रा पछिल्ला उत्पादनहरुले झैं नेपाली उपभोक्ताको समग्र माग तथा आवश्यकताको सम्बोधन गर्न समर्थ हुनेमा हामी निकै आशावादी छौं ।’