एसियन लाइफ इन्स्योरेन्स कम्पनी र कैलाश विकास बैंकबीच बैंकासुरेन्ससम्बन्धी सम्झौतापत्र भएको छ ।
उक्त सम्झौतापत्रमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र कैलाश विकास बैंक प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका शाखाबाट समेत एसियन लाइफले प्रचलनमा ल्याएका विभिन्न १८ वटा जीवन बीमा योजना खरिद गर्न सहजता प्रदान गर्नेछ । अब एसियन लाइफका बीमा योजना तथा बीमा सेवा कैलाश विकास बैंकका ५२ वटा शाखा कार्यालयबाट समेत लिन सकिनेछ ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनीको हाल ६९ वटा उपशाखा तथा २८ वटा शाखा कार्यालय रहेका छन् । गत चैत मसान्तसम्म कम्पनीको जीवन बीमा कोष १२ अर्ब ९ करोड, लगानी १२ अर्ब २८ करोड तथा चुक्ता पु“जी १ अर्ब २० करोड रुपिया“ रहेको छ ।