एसियन लाइफ इन्स्योरेन्स कम्पनी १०औं वर्ष पूरा गरी ११औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले ६८ वटा जिल्लामा २८ वटा शाखा र ६८ वटा उपशाखा कार्यालयको स्थापना गरी सेवा विस्तार गर्न सफल भएको छ ।
११औं वार्षिकोत्सवका अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संस्थालाई सहयोग गर्नुका साथै रक्तदान तथा स्वाथ्य शिविरसमेत गरेको छ । गत फागुन मसान्तसम्म कम्पनीले ४ लाख ४ हजार ४ सय बीमालेख बिक्री गरी १३ अर्ब ९ करोड प्रिमियम संकलन गरेको छ ।
त्यस्तै पुस मसान्तसम्म कम्पनीको ११ अर्ब ३२ करोड रुपिया“ जीवन बीमा कोष रहेको छ । साथै सोही अवधिसम्म कम्पनीको कुल लगानी ११ अर्ब २५ करोड रहेको छ । हालसम्म कम्पनीले एसियन सावधिक, अग्रिम भुक्तानी (१२,१५,१८ र २० वर्षे), सुखी जीवन, बाल उमंग, बाल भविष्य, एशियन पेन्सन, जीवन रत्न, दम्पती सुरक्षा, धन समृद्धि, सामूहिक सावधिक, सरल सुरक्षा,जनकल्याण लघु बीमा आदि गरि १७ जीवन बीमा योजनाहरु प्रचलनमा ल्याएको छ ।
यस कम्पनीले विश्वको ख्याती प्राप्त तथा तेस्रो ठूलो पुनर्बीमा कम्पनीको रुपमा स्थापित जर्मनीको हनोभर रिसँग हालै पुनर्बीमा सम्बन्धी सम्झौता गरेको छ ।