सिजी इलेक्ट्रोनिकस्ले नयाँ एलजी शोरुम महाराजगन्जमा इनोभा इलेक्ट्रोनिक्स नामक शोरुम सुचारु गरेको छ ।
एलजी ब्रान्डले ग्राहकको आवश्यकतापूरा गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभावकारी बनाउँदै लैजानु कम्पनीको मुख्य उद्देश्य रहेको छ । यो नयाँ शोरुमले ग्राहकलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनको बारेमा पनि जानकारी गराउनेछ ।
त्यसैगरी ग्राहकलाई एलजीका सामग्री तथा उत्पादन थप खरिद गर्नको लागि थुप्रै योजना पनि बजारमा ल्याएको छ । कुनै पनि एलजीका सामग्री खरिद गर्दा ग्राहकले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । यो योजना उद्घाटनको दिनदेखि १० दिनसम्म लागू हुनेछ । साथै बम्पर लक्की ड्र मार्पmतआकर्षक उपहार जित्न सक्नुहुनेछ ।