एभरेस्ट बैंकद्वरा वृक्षारोपण

0

विश्व वातावरण दिवसको अवसरमा एभरेस्ट बैंकले काठमाडौं महानगरपालिका वाड नम्बर ३ र पीडीएसएसको समन्वयमा लाजिम्पाटदेखि महाराजगन्जसम्म दुवैतर्फ सडक किनारामा वृक्षरोपण कार्यक्रम गरेको छ ।

सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा वृक्षरोपण गरी विश्व वातावरण दिवस मनाइएको छ ।

वातावरण जोगाऊ हरियाली बनाऔंं बन्ने मुल नाराका साथ भएको वृक्षरोपण कार्यक्रममा काठमाडौं महानगरपालिका वार्ड नम्बर २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, वार्ड नंं. ३ का अध्यक्ष दीपक केसी तथा एभरेस्ट बैंकका अधिकृत तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत वढ्दो वातावरण प्रदूषण न्युनीकरण गर्न तथा हरियाली कायम राख्न वृक्षरोपण गरेको जनाएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।