एभरेष्ट बैंकले महिला दिवस मनायो

0

१०८औं महिला दिवसको अवसरमा एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्वअन्र्तगत निःशुल्क स्वास्थ्य परीक्षण र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

नर्भिक अस्पतालसँगको सहकार्यमा बैंकको पुल्चोक शाखामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त स्वास्थ्य क्याम्पमा २ सय जना मानिसले विभिन्न विषेशज्ञ डाक्टरबाट सेवा लिएका थिए । क्याम्पमा गाइनोलोजिस्ट, कार्डिक, अर्थोपेडिक लगायतका रोग बिशेषज्ञले बिरामीको चेकजाँच गरेका थिए ।

अन्तरक्रिया कार्यक्रमको संयोजन बरिष्ठ सर्जन विषेशज्ञ डाक्टर ज्योति रायमाझी (राणा) ले गर्नुभएको थियो । उहाँले कार्यक्रममा महिलामा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्ने वा समयमा नै कसरी थाहा पाउने भन्ने बिषय प्रशिक्षण दिनुभएको थियो ।