एभरेष्ट बैंकले चितवनको टाँडीमा आफ्नो शाखाको उद्घाटन गरेको छ । टाँडी शाखाको समुद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल प्रहरीका नायब प्रहरी उपरिक्षक बासुदेव खतिवडा, रत्ननगर नगरपालिकाका– २ का अध्यक्ष तिलकराज पौडेल, रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष भीमनारायण श्रेष्ठलगायतको उपस्थिति थियो ।
हालै भएको रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएममार्फत् सेवा प्रदान गर्दै आएको छ ।