एभरेष्ट बैंकले नवलपुरको कावासोतीमा नया“ शाखाको स्थापना गरेको छ ।
कावासोती शाखाको उद्घाटन नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कावासोती नगरपालिकाका, मेयर चन्द्रा पुन, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष दासुराम पोखरेल तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र १ सय १३ एटीएममार्फत् सेवा प्रदान गर्दै आएको छ ।
