एनसेलद्वारा छात्रवृत्ति प्रदान

0

एनसेल प्रालिले इन्जिनियरिङ अध्ययन संस्थानमा विभिन्न तीन संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउने व्यावसायिक सामाजिक उत्तरदायित्व पहल अन्तर्गत एनसेलले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको हो ।

यस अन्तर्गत एनसेलले इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायका वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई प्रत्येक वर्ष एनसेल छात्रवृत्ति र सबैभन्दा बढी अंक ल्याई यी संकायबाट स्नातक उतीर्ण गरेका विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ ।

बिहीबार इन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख प्राडा. गोकर्णबहादुर मोत्रा, सहायक क्याम्पस प्रमुख जीतेन्द्रकुमार मानन्धर र एनसेलका प्रतिनिधिले संयुक्तरुपमा विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा सम्मान प्रदान गरेका थिए ।

१२ वटा शीर्षकअन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको थियो ।

एनसेलले पा“च वर्षदेखि निरन्तर प्रदान गरेका यी छात्रवृत्ति र उत्कृष्टता सम्मानले युवा विद्यार्थीको लगन तथा मेहेनेतलाई कदर गर्दै आएको छ ।

पा“च वर्षको अवधिमा ६० जना विद्यार्थीले एनसेल छात्रवृत्ति पाएका छन् भने गरी २० जना विद्यार्थी एनसेल उत्कृष्टताबाट सम्मानित भएका छन् । यस अवधिमा एनसेलले विद्यार्थीको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान वापत ८० लाख रुपिया“ प्रदान गरेको छ ।