एनसीसी बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैकुरेन्स सम्झौता भएको छ ।
सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिने छ ।
सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको थियो ।