एनसीसी बैंकले नवलपरासीको कावासोती र चितवनको भरतपुरमा दुई शाखा स्थापना गरेको छ ।
कावासोती शाखाको उद्घाटन गर्दै एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बैंकले गुनासो रहित कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कावासोती शाखाको समुद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बैंकका गतिविधिको बारेमा प्रकाश पार्नु भएको थियो ।
त्यसै गरी चनौली शाखाको उद्घाटन गर्दै बैंकका सञ्चालक डा. कैलाश पतिन्द्र अमात्यले यस शाखाले चनौली क्षेत्रका जनताको आर्थिक क्रियाकलापमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।