एनआईसी एसिया क्यापिटलले व्यवस्थापन गरेको एनआईसी एसिया ग्रोथ फन्ड (म्युचुअल फन्ड) माघ २ गतेदेखि बिक्री खुल्ला ह“ुदैछ ।
औसतमा बैंकले दिने निक्षेपको वार्षिक प्रतिफलभन्दा म्युचुअल फन्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणको म्युचुअल फन्डप्रति आर्कषण बढ्दै गहिरहेको छ । उक्त म्युचुअल फन्डले औसत वार्षिक रुपमा न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने अपेक्षा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताउनुभयो ।
म्युचुअल फन्डको वार्षिक प्रतिफल पहिलो वर्ष १५ दशमलव ५७ तथा सातांै वर्षमा १६ दशमलव १३ प्रतिशत दिने लक्ष्य लिएको छ ।
लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हु“दा यसबाट प्राप्त हुने प्रतिफल उच्च हुनेमा क्यापिटल विश्वस्त रहेको छ । साथै यस फन्डले आम्दानीको आधारमा आफ्ना इकाईधनीलाई प्रत्येक वर्ष नगद लाभांश वितरण गर्नेछ ।
एनआईसी एसिया क्यापिटलले यो योजनाका इकाई यही माघ २ गते मंगलबारदेखि बिक्री खुल्ला गर्दैछ । उक्त फन्डको आकार १ अर्ब रुपिया“को रहेको छ । जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित गरिएको छ । बा“की रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघसंस्था तथा व्यक्तिका लागि बिक्री गरिने कम्पनीले जनाएको छ । यो योजना छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गतेसम्ममा निष्काशन तथा बिक्री खुल्ला हुनेछ ।
यो म्युचुअल फन्डमा सहभागी हुन चाहानले न्यूनतम १०० इकाई देखि अधिकतम् २० लाख इकाईसम्म खरिद गर्नका लागि आवेदन गर्न सक्नेछन् । उक्त इकाई नेपाल स्टक एकस्चेन्जमा सूचीकरण गराई धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्ने व्यवस्था मिलाइने प्रमुख कार्यकारी अधिकृत ढुंगेलले बताउनुभयो ।
