एनआईसी एसिया बैंक र आईएफसीबीच दीर्घकालीन कर्जा लिने दिने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्र आदानप्रदान कार्यक्रममा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने आईएफसीका आवासीय प्रतिनिधि रोहन रसिद सहभागी हुनुभएको थियो ।
दीर्घकालीन कर्जा सापट लिनको लागि बैंकले नेपाल राष्ट्र बंैकबाट स्वीकृतिको लागि आवेदन गरिसकेको छ । देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणले स्वदेशी बजारबाट मात्र पयाप्त स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्नका लागि चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै बंैकले अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिन पहल गरेको जनाएको छ ।
उक्त दीर्घकालीन कर्जा प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कर्जा सापटी लिई देशमा परिचालन गर्न सकेको खण्डमा बाह््य क्षेत्रबाट समेत स्रोत संकलन गर्ने तथा परिचालन गर्ने प्रयासमा कोशेढुंगा सावित हुने बैंकको विशवास छ ।
उक्त कर्जा वापत प्राप्त हुने रकम बैंकले आईएफसी तथा नेपाल राष्ट्र बंैकले तोकेको क्षेत्रमा लगानी गर्ने र त्यस क्षेत्रमा लगानी वृद्धि हुनाले देशको आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने बंैकले जनाएको छ ।