एनआईसी एसिया बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा एक कर्मचारी, एक फलफुल विरुवा भन्ने नाराका साथ एवम् आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको कार्यालयको प्रांगणभित्र वृक्षारोपण कार्यक्रम गरेको छ ।
एनआईसी एसिया बैंकले देशभरी रहेका आफ्ना क्षेत्रीय कार्यालय तथा शाखा कार्यालयमार्फत देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनोट गरी सम्बन्धित संस्थावा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हाल सम्मकरिब ११ हजार विरुवाको वृक्षारोपण गरेको छ ।
बैंकको मुलुकभर २१८ शाखा, २०६ एटीएम, १० वटा एक्स्टेन्सन काउन्टर एवम् ८ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १६४ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब ११४ अर्ब र कुल निक्षेप करिब १३९ अर्ब पुगिसकेको छ, बैंकका ग्राहक संख्या करिब ११ लाख ५० हजार रहेको छ ।