एनआईसी एसिया बैंकद्वारा भारतबाट रेमिट्यान्स शुरू

0

एनआईसी एसिया बैंकले भारतको एक्सिस बैंकस“गको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको शुरुआत गर्न लागेको छ । बैंकले यस सम्बन्धमा एक्सिस बैंकस“ग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेस“गै भारतबाट इनवार्ड रेमिटेन्स शुरु गर्न लागेको हो ।

उक्त सम्झौता अनुसार एक्सिस बैंकको भारतमा रहेका ३ हजार ५ सयभन्दा बढी शाखाबाट नेपालमा भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १९२ वटा शाखा तथा ५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।