एनआईसी एसियाकोे इलामको गोदकमा शाखारहित बैंकिङ सेवा

0

एनआईसी एसिया बैंकले चौथो शाखारहित बैंकिङ सेवा घट्टाबजार, गोदक, इलामबाट सञ्चालनमा ल्याएको छ ।

सो शाखारहित बैंकिङ सेवाको उद््घाटन इलाम नगरपालिका, वडा नम्बर १० का मानव अधिकार निगरानी समितिका अध्यक्ष चन्द्रमणि गौतमले गर्नुभयो । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि बैंकले प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ ।

यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले गाउ“मै स्थानीय प्रतिनिधिमार्फत्् बैंकिङ सेवा लिन सक्नेछन्् ।

बैंकको मुलुकभर गरी १ सय ८७ शाखा, १ सय ९० एटीएम ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ युनिट र कुल ५ हजारभन्दा बढी रेमिट््यान्स पेमेन्ट एजेन्टमार्पmत्् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।