एचएच बजाजको १२५ सीसी डिस्कोभर बजारमा आउँदै

0

मोटरसाइकल ब्रान्ड बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज डिस्कभर १ सय २५ सीसीको बिल्कुलै नयाँ अवतार नेपाली बजारमा ल्याउन लागेको छ ।

अन्य मोटरसाईकलभन्दा पृथक मानिएको उक्त मोटरसाइकल जनकपुरको जानकी मन्दिरको प्रांगणमा वैशाख १५ गते सार्वजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीले जानकी मन्दिरको संरचनात्मक विकासको लागि पनि योगदान गर्ने कम्पनीले जनाएको छ ।

नया“ डिस्कभर १ सय २५ सीसी मोटरसाइकलमा अहिलेसम्म नभएको नयाँ एलईडी डीआएरएल हेडल्याम्प र डिजिटल कन्सोल छ । जसले बाइकलाई पृथक लुक र चालकलाई सहुलियत प्रदान गर्छ । यसैगरी यसमा नया“ आकर्षक डिजाइन, १६ प्रतिशत लामो सस्पेन्सन, नया“ टेक्सचर भएको सीट, आकर्षक टेल लाइट र उत्कृृष्ट डीटीएसआई इन्जिन छ ।