एएफसी एसियन कप फुटबल छनोट : नेपाल र यमन भिड्दै, नेपाली समयअनुसार राति ९ बजे

0

एफसी एसियन कप फुटबल छनोट चरणको अन्तिम खेल कतारको दोहास्थित सुहिम बिन हमाद रंगशालामा आज नेपालले यमनको भिड्दै छ ।
समूह ‘एफ’अन्तगरतको यो खेल नेपालको लागि औपचारिकता मात्रै हुनेछ । एसियन कपका लागि छनोट हुने सम्भावना सकिएकाले यो खेल नेपालका लागि प्रतिष्ठाको लडाइँमात्रै बनेको छ ।
नेपालले समूहको पहिलो खेलमा फिलिपिन्ससँग ४–१ को हार व्यहोरेको थियो भने दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको नेपाल तेस्रो खेलमा ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो ।
चौथो खेलमा फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको नेपाल पाँचौं खेलमा भने ताजिकिस्तानसँग ३–० ले हार बेहोरेको थियो । नेपालकै समूहमा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन ७ अंकसहित दोस्रो तथा समान ७ अंक जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । दुई अंकमात्र जोडेको नेपाल अंकतालिकाको पुछारमा छ ।