संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड् नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु) को रुपमा खटिएको सशस्त्र प्रहरी बल नेपालको एक टोली आफ्नो एक वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किएकोे छ ।
सो टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाहीले माघ २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक समारोहबीच हार्दिक स्वागत गर्नुभयो ।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शाहीले सशस्त्र प्रहरी बल नेपालको तर्फबाट युएन मिसनमा खटिएर शान्ति स्थापनार्थ पु¥याएको योगदान एवं व्यावसायीक कार्यकुशलताको कारण युएनले शान्ति मिसनहरुमा सशस्त्र प्रहरी बलको सहभागितालाई वृद्धि गर्दै गइरहेको चर्चा गर्नुहुँदै यस्ता मिसनमा खटिदा प्राप्त ज्ञान र अनुभवलाई राष्ट्र र संगठनको हितमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी नायव उपरीक्षक दोर्ण बिष्टको कमाण्डमा स्वदेश फिर्ता भएको एपीएफ टोलीमा कूल १ सय ६२ जना रहेका छन् ।