उत्तर कोरियाली नेता किमले चीनको भ्रमण गरेको पुष्टी

0

उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट गरेको खुलासा भएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले चीनको भ्रमण गरेको औपचारिक पुष्टी भएको छ । केही दिनयताको अनुमानलाई चिर्दै चिनियाँ समाचारसंस्था सिन्हुवाले उत्तर कोरियाली नेता किमले चीनको भ्रमण गरेको पुष्टी गरेको हो ।

सन् २०११ मा मुलुकको राज्यसत्ता सम्हालेयता कुनै पनि देशको भ्रमण नगरेका किम पहिलो पटक चीन पुगेका हुन् ।

उत्तर कोरियाको सरकारी समाचार सेवा केसीएनएले किमको चीन यात्रालाई ऐतिहासिक भएको विश्लेषण गरेको छ ।

अमेरिकासँग वार्ताको तयारीमा रहेको उत्तर कोरियाले एक्कासी चिन भ्रमणमा निस्कनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अघिल्लो महिना दक्षिण कोरियाको प्रस्तावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उन वार्ताको लागि तयार भएका थिए । यद्यपि, विश्लेषकहरुले उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्नुअघि किम चीन जानसक्ने अनुमान पनि गरेका थुप्रै अनुमानित समाचारहरु प्रकाशित भएका थिए ।