ईपीएललाई आईसीसीको अनुमति

0

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट आयोजना गर्नका लागि अनुमति दिएको छ । आईसीसीले नेपाली राष्ट्रिय टोलीका सदस्यका साथै विदेशी खेलाडीहरुले पनि लिग खेल्न पाउने स्वीकृत पनि दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले यो लिगका लागि आईसीसीको अनुमति जरुरी भएको आईसीसीको भनाई रहेको छ|

ईपीएल आयोजकले आईसीसीलाई मन्जुरी शूल्क बापत २० हजार अमेरिकी डलर तिर्नु पर्नेछ, जुन नेपाली क्रिकेटको विकासमा खर्च हुनेछ । साथै आईसीसीले दिएको अनुमति यो वर्षका लागि मात्र हो |