इन्धनको मूल्य बढ्यो

0

नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी इन्धनको मूल्यमा वृद्धि गरेको छ । निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २÷२ रुपिया“ वृद्धि गएको हो । बढेको मूल्यस“गै प्रतिलिटर पेट्रोलको १ सय ५ पुगेको छ भने यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको ८५ रुपैया“ पुगेको छ ।अरु प्रोडक्टमा भने मूल्य यथावत रहेको निगमले जनाएको छ ।
अन्तरराष्ट्रिय मूल्य बढेकाले नेपालमा पनि मूल्य समायोजन गर्नु परेको निगमाका प्रवक्ता वीरेन्द्र गोहितले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा प्रतिव्यारेल ६५ डलर रहेकोमा हाल मूल्य बढेर ७० डलर पुगेकाले नेपालमा पनि स्वाचालित मूल्य समायोजन भएको हो । डिजेलमा ९६ पैसा घाटा रहेको र अरु इन्धनमा निगमलाई पाक्षिक ३० करोड नाफा रहेको छ ।