इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराएको छ । चेन्नाईले पहिले व्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनाएको थियो । २१२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ५ विकेट गुमाउँदै १९८ रन मात्र बनाउन सक्यो ।
चेन्नाईका शेन वाटसन प्लेयर अफ दि म्याच भए । ४० बल सामना गरेका उनले चार चौका र सात छक्काको मद्दतमा ७८ रन बनाए । उनी अमित मिश्राको बलमा क्याच आउट भए ।
यसैगरी कप्तान महेन्द्र सिंह धोनीले दुई चौका र पाँच छक्काको मद्दतमा २२ बलमा नटआउट ५१ रन योगदान गरे । यससँगै उनले आईपीएलमा सबैभन्दा धेरै रन बनाउने कप्तानको रेकर्ड राखे ।
यसैगरी अम्बाति रायडुले २४ बलमा ४१ र फाप डु प्लेसिसले ३३ बलमा ३३ रन बनाए । सुरेश रैना एक रनमा आउट भए ।
बलिङतर्फ अमित मिश्रा, विजय शंकर र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिए ।