इंगलिस प्रिमियर लिग फुटबलमा टोटनह्याम र आर्सनलले जित हात परेको छ ।
आइतबार राति भएको खेलमा टोटनहृयामले बर्नमाउथलाई ४–१ ले तथा आर्सनलले वाट्फोर्डलाई ३–० ले हराए ।
टोटनहृयामको जितमा सन हेङ मिनले दुई गोल गरे भने डेली अली र सर्ज अरियरले एक–एक गोल थपे । बर्नमाउथका जुनियर स्टानलासले सान्त्वना एक गोल फर्काए ।
घरेलु मैदानमा बर्नमाउथले शुरुवाती अग्रता लिएको थियो । खेलको सातौं मिनेटमै स्टानलासले गोल गरे पनि हार टार्न सकेन ।
जितसँगै टोटनहृयाम अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टोटनहृयामले ३० खेलबाट ६१ अंक जोड्दा ३३ अंकसहित बर्नमाउथ १२औं स्थानमा छ ।
यसै गरी घरेलु मैदानमा वाटफोर्डलाई हराउँदा आर्सनलका शोकड्रान, पियर एमरिक र हेनिरिकले एक–एक गोल गरे । यो जितसँगै ४८ अंकसहित आर्सनल लिगको छैटौं स्थानमा छ ।
पराजित वाट्फोर्ड ३६ अंकसहित दशौं स्थानमा छ । पहिलो स्थानमा म्यानचेस्टर सिटी, दोस्रोमा म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा टोटनहृयाम छन् ।