भारतका स्वघोषित आध्यात्मिक गुरु आशाराम वापुलाई बुधबार एक जना १६ वर्षिया किशोरलिाई बलात्कार गरेको अभियोगमा अदालतले आजिवन कारावास संजाय सुनाएको छ ।
सन् २०१३ मा उक्त आरोप लगाइएका वापुको विश्वभरी लाखौं संख्यामा अनुयायी रहेका छन् । उनलाई जोधपुरको आफ्नो आश्रममा ति किशारी शिष्यालाई बलात्कार गरेको आरोप लगाइएको हो ।
उनले यस अदालती निर्णयविरुद्ध उच्च अदालतमा अपिल गर्ने अनुमान गरिएको छ । ७७ वर्षीय गुरुले विश्वमा रहेका ४ सय वटा आश्रममा उनले ध्यान र योगा सिकाउने गरेका छन् ।
पश्चिमी गुजरात राज्यमा पनि आशारामविरुद्ध अर्को बलात्कारको मुद्दा चलिरहेको छ । बीबीसी हिन्दीका पत्रकार प्रियन्का दुवेले वापुका समर्थकहरुले हिंसा मच्चाउन सक्ने संभावनाका कारण जोधपुरमा उच्च सुरक्षा सतर्कता अपनाइएको बताएका छन् ।
दंगा फसाद हुने भयकै कारण उनलाई जोधपुर स्थित कारावासमै यो संजाय सुनाइएको थियो । वापुका दुई जना सहयोगीलाई पनि जनही २० वर्ष लामो कैद संजाय सुनाइएको छ भने अन्य दुई जनालाई सफाई दिइएको छ । (एजेन्सी)