गत हप्ता पुर्वी चीन सागरको विवादास्पद टापु वरपरको जलक्षेत्रमा देखिएको एक विदेशी पनडुब्बी वास्तवमा चिनियाँ परमाणु क्षेप्यास्त्रबाहक पनडुब्बी भएको जापानले जनाएको छ । उक्त अज्ञात पनडुब्बी चीनको सांग–क्लास परमाणु शक्ति सम्पन्न आक्रामक पनडुब्बी भएको जापानका रक्षा मन्त्री इत्सुनोरी ओनोडेराले जानकारी दिए । उक्त पनडुब्बीले कयौं संख्यामा लामो दुरीको क्षेप्यास्त्र र टोर्पेडो बोक्ने गरेको जनाइएको छ । आणविक शक्ति पनडुब्बीले लामो समय यात्रा गर्न सक्ने र गहिराइमा हुने भएकोले पत्ता लगाउन पनि गाह«ो हुने ओनोडेराले बताए । (एजेन्सी)
Previous Articleरोहिँग्यालाई स्वदेश फर्काउने सहमति
Next Article राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सर्वाधिक ९ स्वर्ण
