सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुन तोलामा ३ सय रुपैयाँ घटेर आज तोलाको ५८ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ विहीबार फेरि ३ सय रुपैयाँ घटेको हो ।
यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।