नवौं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १० सदस्यीय नेपाली टोली सोमबार मंगोलियाको उलन्बटार जाने भएको छ ।
मे ८ देखि १४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमुनि विकल पौडेल तथा ६८ केजीमुन शिव पाण्डेले प्रतिस्पर्धा गर्ने छन् । महिला ५७ केजीमुनि सर्मिला महत, ५२ केजीमुनि मिउजिता खतिवडा र ६३ केजीमुनि निर्मला गुरुङले भाग लिने छन् ।
टोली नेतामा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष अञ्जन धमला, प्रशिक्षकमा प्रकाशकुमार कोसारी र कल्पदीप राई, निर्णायकमा विजय श्रेष्ठ तथा अफिसियलमा पुष्पप्रसाद पोखरेल रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच आइतबार बिदाइ गरे ।