अमेरिकाको पोर्टल्यान्डमा हेडक्वाटर रहेको आईओएफटीसीले १२औं संस्करण नेपालमा आयोजना गर्न लागेको छ ।
१२औं इन्टरनेशनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिपले पूर्वाञ्चलको इटहरीको इटहरी रंगशालामा नवनिर्मित कर्भडहलमा हुने अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण पुस १७ र १८ गते हुने आज पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
यस १२औं इन्टरनेशनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपाल, भारत बंगलादेश, अमेरिका, बेलायत, अस्ट्रेलिया, कम्बोडिया, अष्ट्रिया, मोरक्को, इथियोपिया, घाना, नाइजेरिया, क्यानडा गरी १३ वा राष्ट्रका खेलाडीहरु सभागिता हुने जनाएको छ ।
यस्तै नेपालको तर्फबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३ सय जनाभन्दा बढी खेलाडीहरु सभागिता हुनेछ ।
यसै गरी उत्कृष्ट महिला तथा पुरुषलाई ५० हजार नगद पुरस्कार समेत राखिएको छ भने उत्कृष्ट महिला तथा पुरुष कोचलाई समेत २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक राष्ट्र राईले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
भिडियो हेनुहोस्
