आईएमई पेको बीटूबी सेवा शुरु

0

आईएमई डिजिटल सोलुसनद्वारा निर्मित तथा सञ्चालित मोबाइल वित्तीय सेवामा आधारित आईएमई पेले आफ्नो बीटुबी सेवा शुरुवात गरेको छ । आइएमईले देशव्यापी रुपमा सम्भावित व्यवसायीलाई आईएमई पेका टच प्वाइन्टको सञ्जालमा जोडिनका लागि ‘आइएमई पे गरौं, व्यावसाय बढाऔं’ भन्ने नारासहित आफ्नो बीटूबी’ सेवालाई सञ्चालन गर्ने घोषणा गरेको हो ।
कम्पनीका अनुसार बीटूबी सेवाको सुरुवातस“गै, आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्ने कार्यदेखि लिएर बिजुली, इन्टरनेट, डीटीएच इत्यादिको बिल भुक्तानी गर्ने तथा समय र पैसाको बचत गर्दै सेवाग्राहीको दैनिक जीवनलाई सहज तुल्याउन मदत गर्ने तथा रिचार्ज गर्ने लगायतका सुविधासमेत थुप्रै भुक्तानी सम्बन्धी सेवा उपलब्ध गराउन सक्नेछन् । आईएमई पेका टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इनर क्यास आउट जस्ता मोबाइल मनी सम्बन्धी सेवा पनि सेवाग्राहीलाई उपलब्ध गराउन सक्नेछन् ।
आईएमई पेको देशभरि नै १३ हजार ५ सयभन्दा बढी टच पोइन्टसहितको मजबुत सञ्जाल रहेको छ र त्यसमा ७ हजारभन्दा बढी रेमिटेन्स एजेन्ट रहेका छन् । आफ्ना सेवाग्राहीस“ग अझ नजिक पुग्नका लागि आईएमई पेले आफ्नो विद्यमान रेमिटेन्स एजेन्टको सञ्जालको दायरा भन्दा बाहिर गैरवित्तीय क्षेत्रको सञ्जालमा समेत आफ्नो क्षेत्रलाई विस्तार गर्ने योजना बनाएको कम्पनीले जनाएको छ । त्यसका लागि मझौला र साना खालका किराना पसलदेखि लिएर पुस्तैनी व्यवसाय, क्याफे, मेडिकल स्टोरका साथै यस्ता खुद्रा टच प्वाइन्ट सञ्चालन गर्न सक्ने देशभरिका सम्भावित वितरकसमेत यस सञ्जालमा जोडिन सक्ने कम्पनीको दाबी छ ।
आईएमई पेको टच प्वाइन्टले कम्प्युटरको प्रयोग गरेर आईएमई पे वेब पोर्टलमार्फत् अथवा स्मार्ट फोनको प्रयोग गरेर मोबाइल एप मार्फत् पनि यस्ता सेवा प्रदान गर्न सक्दछन् । जीटूपी, पीटूजी र पीटूपीसम्बन्धी भुक्तानीका साथै ग्रामीण र सेवामा न्यून पहु“च भएको स्थानमा रहेका सेवाग्राहीलाई सामाजिक सुरक्षा सम्बन्धी रकमको वितरण प्रभावकारी रूपमा सिधैं भुक्तानी गर्न समेत आईएमई पे सक्षम रहेको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।