अहिले सम्मकै सबैभन्दा सानो रकेट बनाएर जापानले नयाँ किर्तिमान कायम

0

जापानले अन्तरिक्ष उडानमा किर्तिमान कायम गरेको छ । देशको एरोस्पेस एक्सप्लोरेसन एजेनसी (जासा)ले पृथ्वीको कक्ष सम्म एउटा भुउपग्रह बोकेर लान सक्ने अहिले सम्मकै सबैभन्दा सानो रकेटको सफलता पुर्वक प्रक्षेपण गरेको छ । तेस्रो चरणसम्म परिमार्जन गरिएको एसएस–५२० रकेटले उसको अग्रभागमा लोड गरिएको भुउपग्रहलाई कक्षमा पुर्याएको छ ।उक्त त्रिकोम–१आर भुउपग्रह १३ दशमलव ६ इन्च लामो भएको जनाइएको छ । यदि कुनै उपकरण सानो छ भने त्यसका लागि विशाल रकेटको आवश्यक नहुने यसले प्रमाणित गरेको छ । गत बर्ष उक्त रकेटको परिक्षण असफल भएको थियो । (एजेन्सी)