असोज ३ गते ‘नेपाल डे’ को नाममा राष्ट्रिय दिवस मनाउने सरकारको निर्णय

0

सरकारले राष्ट्रिय दिवस ‘नेपाल डे’ को रुपमा असोज ३ गते मनाउने निर्णय गरेको छ । संविधानसभाबाट संविधान जारी भएको दिन असोज ३ लाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बास्कोटाले मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको बताए । २०७२ असोज ३ मा संविधानसभाबाट संविधान जारी भएको थियो ।