भारतको हैदरावादमा हालै मोवाइल प्रयोगलाई लिएर एउटा गम्भीर घटना घटेको छ । एकजना पुरुषले मोवाइलमा अश्लिल चलचित्र हेरेका कारण आफ्नो १९ वर्षीय छोराको हातै काटिदिएका छन् ।
मोबाइलमा पोर्न फिल्म हेर्ने छोराको कुलतबाट आजित बनेका मोहम्मद कयूम कुरेसी नाम ती पिताले रिसको झोंकमा छोरा खालिदको हात नाडीबाटै छिनाली दिएको स्थानिय सञ्चारमाध्यमले जनाएको छ ।
उनलाई हत्या प्रयासको अभियोगमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । उनले आफ्नो छोरा खालिदलाई सुतिरहेको अवस्थामा आक्रमण गरी धारिलो चक्कूले दायाँ हात काटिदिएका थिए ।
खालिदले पछिल्लो समयमा आफ्ना अन्य कामकाजलाई वेवास्ता गरी मोबाइलमा पोर्न फिल्म तथा अन्य अश्लील सामाग्रीहरु हेर्ने बानी बसालेपछि उनका बुवा मोहम्मद निकै आक्रोसित बनेका थिए । उनले यस विषयमा खालिदलाई पटक पटक गाली गर्दै सम्झाएको पनि बुझिएको छ । तर बुवाले झपार्दा पनि खालिदले सो बानी छोड्न सकेको थिएन । (एजेन्सी)